फिल्मी शैलीमा लागुऔषध तस्करी गर्ने एक भारतीय युवा पक्राउ

343
0
Share:

वीरगन्ज।  लागू औषध तस्करी गर्ने एक भारतीय युवा पक्राउ परेका छन् । फिल्मी शैलीमा लागुऔषध तस्करी गर्ने क्रममा  भारतीय राज्य विहारअन्तर्गतको थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत–५ का २० वर्षीय महन्थ राम  पक्राउ परेका हुन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको टोलीले उनलाई वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ हाे ।

झोलालगायतका केही सामान नदेखेपछि  प्रहरीले उनकाे  शरीर चेकजाँच  गर्दा   उनको साथबाट इन्जेक्सन नुर्फिम १०० पिस, फेनार्गन १०० पिस र डाईजेल्याब १०० पिस बरामद भएको हाे । अहिले  प्रहरीले उनकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: