
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट नेपाल आएका एक चिनियाँ नागरिकको साथबाट ४ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख (सहसचिव) गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।
सुनसहित पक्राउ पर्ने चिनियाँ नागरिक २३ वर्षी ली लिङ छी छन् । उनले कपडाको बेल्ट (पेटी) बनाएर त्यसमा ४ ओटा सुनको बिस्कुट लगेजमा लुकाएर ल्याएका थिए ।
कमेन्ट गर्नुहोस्
