पोखरामा स्कुटर र मोबाईल चोर्ने २ किशोर पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले मोबाईल र स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै जना १७ वर्षका किशोर रहेको प्रहरी नायब उपरीक्षक राज कुमार केसीले जानकारी दिए । उनीहरुको नाम भने खुलाइएको छैन् ।

पोखराका विभिन्न ठाउँबाट चोरी भएका ८ थान मोबाईल तथा ग १२ प ८५५५ नं. को सेतो कालो डियो स्कुटरसहित उनीहरु दुवै जना पक्राउ परेका हुन् । चोरी गरेको सामानसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: