
काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल पक्राउ परेका छन् ।
काभ्रेको भुल्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको र बम पड्काएको आरोपमा ढुंगेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख जयराज सापकोटाले लोकान्तरलाई बताए ।
उनले भने, ‘ साउन ११ मा भुल्लुमा रहेको एनसेलको टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो ।’ बैशाख १५ गते राति विप्लव समूहले देशभर विभिन्न १५ ठाउँमा एनसेलका टावरमा आगजनी गरेको थियो ।
कमेन्ट गर्नुहोस्
