
धादिङ । धादिङको धुनीवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार मध्यराति काठमाडौंबाट चितवन जाँदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकले ठक्कर दिँदा पश्चिम चम्पारन बस्ने अन्दाजी ४० वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट घाइते भएका दासको टाउकोमा गम्भीर चोट लागेपछि धार्के्स्थित शिवदर्शन अस्पतालमा सामान्य उपचार गरेर काठमाण्डौस्थित नेशनल अस्पताल र्पुयाएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक नवलपरासी सुनौली वडा नम्बर ९ का यमबहादुर पाइजा मगरलाई इलाका प्रहरी कार्यलय खानीखोलामा नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
