प्रशासन कार्यालयमा स्तनपान कक्ष संचालन

291
0
Share:

जाजरकोट – जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बिहीवारदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरू गरिएको छ ।

दैनिक दर्जनौं सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

दैनिक प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने जनसाधारणको भीड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि प्रशासनले सो माग सम्बोधन गरेको हो ।

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने प्रशासनमा यो कार्यले थप प्रशासन र जनसाधारणबीच सम्बन्ध सुमधुर हुने उनले विश्वास व्यक्त गरे ।

यसअघि प्रशासनमा सेवा लिन आउने सेवाग्राही आमालाई बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो ।

कमेन्ट गर्नुहोस्
Share: