
मुग्लिङ – चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट ५ लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ ।
इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले ५ लाख रुपैयाँको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले ५१ हजार १०१, पदमकुमारी सिलवालले ५ हजार १०० र श्रीमाय अधिकारीले ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । बुधबार एक कार्यक्रमबीच उनीहरूले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
१ करोड रुपैयाँ लागतमा बन्ने भवन वृद्धाश्रम, सत्तल, पुस्त कालय सभाहल लगायत सामाजिक कार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताए । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष ४ लाख रुपैयाँ सहयोग गरेको बताए ।
