मध्यपहाडी लोकमार्ग खुलाउन अझै दुई साता लाग्ने

Share:

बाग्लुङ । भारी वर्षाका कारण बाग्लुङको बडिगाड खोलाले बगाएको मध्यपहाडी लोकमार्ग खुलाउन अझै दुई साता लाग्ने भएको छ । पहरा फोड्नसके १५ दिनमा एकतर्फी सडक खुलाउन सकिने बताइएको छ ।

गत वर्ष खसेको ठूलो पहिरोले थुनिएको बडिगाड खोलाले बनाएको तुरतुरे ताल फुटेपछि २०० मिटर सडक बगाएको छ । उक्त खन्डमा पहरा फोडेर नयाँ ‘ट्रयाक’ खोल्नुपर्ने भएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

उनले पश्चिम क्षेत्रको मुख्य सडकका रूपमा स्थापित मध्यपहाडी लोकमार्गमा सक्दो छिटो यातायताका साधान सञ्चालन गर्न निर्देशन दिएका छन्।

मध्यपहाडी लोकमार्गको बाग्लुङको अधिकांश स्थान अहिले निर्माणाधीन अवस्थामा रहेको छ । भीमगिठेमा सडक बगाएपछि पश्चिम बाग्लुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ ।

दर्जनौं सवारी–साधनहरु भीमगिठे बजारमै रोकिएपछि यात्रीहरु पैदलयात्रा गर्न बाध्य भएका छन् ।

याे पनि: ‘फुट्यो ताल, टुट्यो सपना’

File Photo

कमेन्ट गर्नुहोस्
Share: