
पोखरा–कास्कीका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् ।पोखरा महानगरपालिका–१५ बाट निर्वाचित कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५/७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भत्तासहितको १ लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गरेका छन् ।
पोखरा–१७ स्थित प्रगतिटोलमा एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले बानियाँले उपलब्ध गराएको ११ हजार ४०० बराबरको एक बण्डल जस्तापाता मैना विकलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बाेल्दै उनले निर्वाचनका अवसरमा जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार नै विकास निर्माणमा जुटेको बताउँदै देखिने गरी परिणाम आउन समय लाग्ने बताए ।
