ज्यान मार्ने धम्की दिनेमाथि प्रहरीले गोली चलायो

263
0
Share:

काठमाडौँ – राजधानीको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै लुटेरामाथि प्रहरीले गोली चलाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिलन तामाङलाई गोली चलाएको हो।

उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्दिने धम्की दिँदै आएको प्रहरीको दाबी छ ।

कमेन्ट गर्नुहोस्
Share: