बाग्लुङमा प्रधानाध्यापकको कुटाइबाट छात्र घाइते

Share:

बाग्लुङ : विद्यालयका प्रधानाध्यापकको पिटाइबाट एक छात्र घाइते भएका छन्। बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

पौडेलको अगाडिको माथिल्लोपट्टिको दाँत खसेको कुशलका बाबु प्रेमप्रसादले जानकारी दिए। अतिरिक्त गणित विषय पढाउने प्रधानाध्यापक गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको आरोप छ। उनले विद्यार्थी बेहोस हुने गरी कुटपिट गरेको प्रेमप्रसादको दाबी छ।

 

कमेन्ट गर्नुहोस्
Share: