मिस्टर दारी बन्ने अवसरः पोखरामा साउन २८ गते अडिसन

Share:

साउन । मिस नेपाल, मिस्टर नेपाल त सुनिएकै हो । अब नेपालमा नयाँ कन्सेप्टका साथ पहिलो पटक मिस्टर दारी प्रतियोगिता हुँदैछ । यसका लागि मुलुकका विभिन्न शहरमा अडिसन भइरहेका छन् ।

दारी भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गरेको हो । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न भइसकेको छ । अब कोहलपुर, पोखरा र काठमाण्डौमा बाँकी छ ।

पोखरामा साउन २८ गते क्लाउड नाइनमा हुने निश्चित भएको छ । साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ । शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ । पूर्वबाट नौ जना छानिएका छन् । विराटनगरबाट अमनजंग कार्की, हिमाल राज पराजुली, सृजल घिमिरे, इटहरीबाट उमेश परियार, फैयाज अन्सारी, देवराज ओझा र विर्तामोडबाट सञ्जय लुहागिन, इन्द्रजित आचार्य र सरोज नेपाल अर्को राउण्डको लागि छानिएका छन् ।

यसैगरी ,चितवन अडिसनबाट सुरज अधिकारी र सुवास सागर छानिएका छन् । अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जजको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् । यो शोको ब्राण्ड एम्बासडर दाह्री ग्याङका एडमिन समेत रहेका अभिषेक राज सिंह थापा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: