भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु

226
0
Share:

सुनसरी । सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृतकको सनाखत भने हुन सकेको छैन।

इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको हो । ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । मृतकको शव सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ।

भ्यान तीव्र्र गतिमा रहेकाले अनियन्त्रित भई ती पुरुषलाई ठक्कर दिएको बताइएको छ । भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीयको रवीन दुलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: