लिभरपुलको प्रभावशाली जित

Share:

एजेन्सी। इंग्लिस प्रिमियर लिगको यो सिजनको उद्घाटन खेलमा साविक उपविजेता टिम लिभरपुलले प्रभावशाली जित निकालेको छ । जसमा उसले नोर्विच सिटीलाई चार-एकले हरायो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै चार गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा उसले गोल थप्न सकेन भने नोर्विचले एक गोल फर्कायो ।

यो सिजनको पहिलो गोल नै आत्मघाती भएपछि लिभरपुलले एक-शून्यको अग्रता बनायो । सातौं मिनेटमा नोर्विचका कप्तान ग्रान्ट हेन्लीले डिभोक ओरीगीको क्रसलाई बचाउन खोज्दा आफ्नो पोस्टमा गोल गर्न पुगे ।

पहिलो हाफमा चार गोलको अग्रता बनाएको लिभरपुलविरुद्ध नोर्विचले ६२ औं मिनेटमा एक गोल फर्काएको थियो । तर त्यसपछि उसले थप गोल गर्न सकेन र लिभरपुलले अंक तालिकामा पहिलो तीन अंक जोड्यो ।

कमेन्ट गर्नुहोस्
Share: