ईदका कार्यक्रम पाकिस्तानमा प्रशारण नगरिने

Share:

इस्लामाबाद । पाकिस्तानका टेलिभिजन च्यानलहरुले ईद पर्वलाई लक्षित गरेर तयार पारिएका कार्यक्रमहरु प्रशारण नगर्ने भएका छन् । भारतले जम्मु काश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको विरोधमा पाकिस्तानी टेलिभिजन च्यानलहरुले यस्तो गर्न लागेका हुन् ।

पाकिस्तानी मिडिया नियामक प्राधिकरणले सञ्चार माध्यमहरुलाई ईद–उल–अजहामा पहिले नै रेकर्ड गरिएका कार्यक्रमसँगै विशेष कार्यक्रमहरुको लाइभ प्रसारण नगर्न निर्देशन दिएको छ ।

समाचारपत्र ‘पाकिस्तान टुडे’ का अनुसार सूचनामा पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तमा बहादुर काश्मीरीहरुका साथ एकता जनाउँदै मनाइने उल्लेख छ । नियामक प्राधिकरणले भारतको स्वतन्त्रता दिवस १५ अगस्तलाई ‘कालो दिवस’ का रूपमा मनाइने र राष्ट्रिय झण्डा आधा झुकाइने पनि बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: