
काठमाडौं । सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।
आइतबार राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा बोल्दै उनले सो खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गरे ।
कमेन्ट गर्नुहोस्
