न्यूरोडकाे आगलागी नियन्त्रणमा, एक दर्जन बढी पसलमा क्षति

Share:

पोखरा । पोखराको न्यूरोडमा मंगलबार अपरान्ह लागेकाे आगाे नियन्त्रणमा लिइएको छ । भाट-भटेनी नजिकैको एक कम्प्लेक्समा लागेको आगो दमकल, निजी पानी ट्यांकर, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको हो ।

सो कम्प्लेक्समा इलेक्ट्रिकल पसल, जुस पसल, फोम हाउस, रेष्टुरेण्ट, फेन्सी, चस्मा पसललगायत एक दर्जन पसल थिए । कुन पसलबाट आगलागी सुरु भएको हो भन्ने जानकारी प्राप्त भएको छैन् । अपरान्ह सवा ४ बजेबाट आगलागी सुरु भएको थियो ।

आगलागीबाट त्यहाँ रहेका पसलका सामान जलेर नष्ट भएका छन् । आगलागीपछि पोखराको न्यूरोड सडक अस्तव्यस्त बनेको थियो । क्षतिको विवरण आउन बाँकी छ ।

यो पनि – पोखराको न्यूरोडमा भीषण आगलागी

कमेन्ट गर्नुहोस्
Share: