
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ।
पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरेका हुन्।
पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्।
भिडियो हेर्नुहोस::
कमेन्ट गर्नुहोस्
