पिएसजीले नेइमारका लागि आएको प्रस्ताव अस्वीकार

Share:

एजेन्सी । बार्सिलोना र रियल मड्रिडले नेइमारलाई क्लब भित्र्याउनका लागि गरेको प्रयास असफल भएको बिबिसीले उल्लेख गरेको छ।

बार्सिलोना तथा रियल मड्रिडले नेइमारका लागि गरेको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ ।

नेइमारका लागि बार्सिलोनाले ९२.४ मिलियन युरो तथा फिलिप कोन्टिन्हो तथा इभान रेकिटिकको प्रस्ताव गरेको थियो । यस्तै रियल मड्रिडले नेइमार भित्र्याउनका लागि रकम तथा ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजसहितको प्रस्ताव गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: