म्याग्दीमा वडाध्यक्षलाई मोसो र चप्पलको माला, विप्लव समूहमाथि आशंका

Share:

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाका एक वडाध्यक्षमाथि दुर्व्यवहार गरिएको छ।

कार्यालयमा काम गरिरहेका बेनी नगरपालिका-२ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो। बिहीबार बिहान वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो।

मोसो लगाउने समूहको पहिचान भइनसकेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए। तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको छ ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो।

कमेन्ट गर्नुहोस्
Share: