
बागलुङ । बागलुङको जैमिनी नगरपालिका-२ डाडी बस्ने एक महिला मृत फेला परेकी छन् । जैमिनी-४ स्थायी घर भइ हाल डाँडाखेत बस्दै आएकी ३५ वर्षीया देवी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा मृत भेटिएकी हुन् ।
नालीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । उनका श्रीमान् रोजगारीका लागि विदेश रहेका छन् । उनका एक छोरा र एक छोरी रहेको प्रहरीले बताएको छ।
मानसिकरूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घट्ना बारे प्रहरीले अनुसन्धान थालेको छ ।
कमेन्ट गर्नुहोस्
