
पोखरा । कास्की प्रहरीले ८ जना प्रहरी जवानलाई सम्मान गरेको छ । पोखराको न्यूरोडस्थित एस मिनी मार्केटमा लागेको आगो नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका निभाउने ८ जना जवानहरुलाई सम्मान गरिएको हो । सो मार्केटमा गएको मंगलबार भीषण आगलागी भएको थियो ।
बुधबार जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा आयोजित एक कार्यक्रमका बीच खादा र अविर लगाएर उनीहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेमा प्रहरी जवान हरि बहादुर खड्का, कृष्ण कार्की, कुन्दन चौधरी, चक्र बहादुर केसी, कुल बहादुर कुँवर, विजिन थापा, लालमोहन थारू, चित्र बहादुर दराई रहेका छन् ।
उनीहरु विपत व्यवस्थापनका लागि तालिम प्राप्त नभएपनि आगलागी नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका खेलेको कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले बताए । सबैको प्रयासले मात्र सो आगलागी नियन्त्रणमा आएको भन्दै उनले सबैलाई धन्यवाद ज्ञापन गरे ।
आगलागीबाट ७ जना व्यवसायीको २३ वटा सटरमा क्षति पुगेको थियो । पोखरा महानगरपालिकको दमकल र निजी पानी ट्यांकरको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले सो आगलागी नियन्त्रणमा लिएका थिए ।
‘आगलागीको विपतमा मान्छेको जात्रा, सेल्फी र भिडियो खिच्नेको भिड, दमकललाई अवरोध’
न्यूरोड आगलागी : ७ जनाको २३ वटा सटरमा क्षति (फोटोफिचर)
न्यूरोडकाे आगलागी नियन्त्रणमा, एक दर्जन बढी पसलमा क्षति
