
एजेन्सी । वेल्सको एक क्रिकेट प्रतियोगितामा क्रिकेट बलले लागेर अम्पायरको मृत्यु भएको छ । वेल्सको पेमब्रोकशयरमा आयोजित एक एमेचोर प्रतियोगिताको दौरान बलले लागेर अम्पायर जोन विलियम्सको मृत्यु भएको हो ।
क्रिकेट बलले टाउकोमा लागेर घाइते भएको दुई सातापछि अम्पायर विलियम्सको मृत्यु भएको हो । ८० वर्षे अम्पायर विलियम्स गत जुलाई १३ मा आयोजित प्रतियोगितामा घाइते भएका थिए ।
कमेन्ट गर्नुहोस्
