
एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविकको बिजेता बार्सिलोना र एथ्लेटिको बिल्बाओले प्रतिस्पर्धा गर्नेछन् ।
बार्सिलोना र बिल्बाओबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । खेल बिल्बाओको घरेलु मैदानमा हुनेछ ।
बिल्बाओको भ्रमण गर्दा बार्सिलोना सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । बार्सिलोना आफ्नो उपाधिलाई पुन: रक्षा गर्ने योजनामा हुनेछ । तर, बार्सिलोना नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रने छन् । मेस्सी पछिल्लो साता पिडुलाको चोटबाट गुज्रिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
