गोरखामा आज पनि कर्मचारी हत्याको बिरोधमा प्रदर्शन

Share:

गोरखा : मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथाशीघ्र छानबीन गर्न दबाब दिँदै स्थानीयबासीले आज पनि बिरोध प्रदर्शन गरिरहेका छन् । बिहिबार जस्तै उनीहरुले आज शुक्रबार पनि गोरखा आँबुखैरेनी सडक अवरुद्ध गरेका छन्।

स्थानीयबासीले गोरखा नगरपालिका १० टक्सारमा सडकमा ढुंगा थुपारेर अवरुद्ध बनाएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक सुकबहादुर विकले जानकारी दिए। शुक्रबार अाज उनीहरूले  जिल्ला प्रशासन कार्यालय पनि केहीबेर घेराउ गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: