
दाङ । दाङको लमहीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित विश्वास काष्ट फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने संकलन हुन बाँकी रहे पनि उद्योग सञ्चालक रविलाल आचार्यले भने आगलागीबाट करिब आधा करोड बढी क्षति भएको बताएका छन्।
कमेन्ट गर्नुहोस्
