
साउन । लेखनाथ खबर डटकमका प्रधान सम्पादक एवं लेखनाथ एफ एम का समाचार प्रमुख सुमन जिसि सम्मानित भएका छन् । शनिबार लक्ष्मी आर्दश टोल विकास संस्थाले आफ्नो सातौं साधारण सभाको अवसरमा पत्रकारीतामार्फत खेलेको भुमिकाको कदर गर्दै जिसीलाई सम्मान गरेको हो ।
विगत १ दशकदेखी पत्रकारीता क्षेत्रमा रहेर क्रियाशील जिसीलाई प्रमुख अतिथि एवं गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दिपक कोईराला, पोखरा महानगरपालिका वडा नंं २७ का अध्यक्ष पुर्णकुमार गुरुङ र संस्थाका अध्यक्ष राजु अधिकारीले दोसल्ला ओढाउनुका साथै कदर पत्रले सम्मान गरेका हुन् ।
२०६१ सालमा विधिवत रुपमा दर्ता भई ३४ जना सदस्यहरुबाट सामाजिक कार्यमा जुटेको संस्थामा हाल १७५ जना सदस्यहरु रहेका छन । संस्थाले स्थानीय क्षेत्रमा गेट निर्माण, सडक वत्ति, नियमित रुपमा सरसफाई कार्यक्रम, विपत्तीमा परेका व्यक्ति एवं असाहय दिनदुखीहरुलाई सहयोग गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।
