
काठमाडौं । नेपालबाट विदेशमा उडान गर्ने हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ उडानको तयारी गरिरहेको छ। बेइजिङमा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न हिमालयले टिकेटिङदेखि उडानदलका सदस्य नियुक्त गर्ने कामलाई तीब्रता दिएको हो।
कात्तिकदेखि काठमाडौं बेइजिङ उडान गर्ने तयारीमा रहेको एयरलाइन्सले अहिले टिकेटिङ र जनशक्ती व्यवस्थापनको तयारी गरिरहेको छ। बेइजिङको नयाँ विमानस्थलमा नियमित व्यावसायिक उडानका लागि अन्तिम प्रशासकीय अनुमति पाउन बाँकी रहेको एयरलाइन्सले अहिले आन्तरिक तयारीलाई पनि सँगै अघि बढाएको हो।
कमेन्ट गर्नुहोस्
