पहिलो टेष्टमा श्रीलंका विजयी

Share:

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंकाले पहिलो टेष्टमा न्युजिल्याण्डलाई ६ विकेटले हराएको छ । पाहुना टोली न्युजिल्याण्डलाई पहिलो टेष्टमा हराएसँगै श्रीलंकाले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

गल्ले अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा न्युजिल्याण्डले दिएको २ सय ६८ रनको लक्ष्य श्रीलंकाले टेष्टको चौंथो दिन आइतबार ८६ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

श्रीलंकालाई जित दिलाउन दोस्रो इनिङ्समा कप्तान दिमुथ करुनारत्नेले १ सय २२ रनको शतकीय इनिङस खेले । यस्तै लाहिरु थिरिमानेले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा एञ्जेलो म्याथ्युजले अविजित २८ रन बनाए ।

यसअघि पहिलो इनिङ्समा न्युजिल्याण्ड २ सय ४९ रन जोड्दा अलआउट भएको थियो । दोस्रो इनिङ्समा न्युजिल्याण्डले २ सय ८५रन बनाएको थियो । दोस्रो इनिङ्समा न्युजिल्याण्डका बिजे वाट्लिङले ७७ रनको अर्धशतकिय इनिङ्स खेल्दा टम लाथमले ४५ र विलियम रिचार्डले अविजित ४० रन बनाएका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: