
एजेन्सी । ब्रजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो वायर्न म्युनिखमा लोनमा गएका छन् । कौटिन्होले जर्मन क्लब वायर्न म्युनिखमा १० नम्बरको जर्सी लगाउने भएका छन् ।
स्पेनिस क्लब बार्सिलोनाबाट एक सिजनको लागि लोनमा क्लब आएका कौटिन्होलाई वायर्नले १० नम्बर जर्सी दिएको हो । यस्तै वायर्नले कौटिन्होसँग सोमबार औपचारिक रुपमा सम्झौता समेत गरेको छ । लोनमा क्लब आएपनि बार्सिलोनाले वायर्नलाई स्थाई अनुबन्धको अवसर समेत दिएको छ ।
कमेन्ट गर्नुहोस्
