शंका लागेर जाँच गर्दा पोखराबाट लागूऔषधसहित दुई जना पक्राउ

Share:

पोखरा । पोखरामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१७ बस्ने २१ वर्षीय सुनिल पौडेल र १७ वर्षीय निश्चल पराजुुली रहेका छन् ।

उनीहरुलाई सोमबार पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पौडेलको साथबाट २७ पिस नाईट्रोभेट ट्याबलेट र पराजुलीको साथबाट डाइजेपाम, फेनारगन र नुरफिन गरी ३६ सेट लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पृथ्वीचोकस्थित बसपार्कमा हिँडिरहेका उनीहरुलाई प्रहरी टोलिले शंका लागेर जाँच गरेको थियो ।

त्यही क्रममा पाईन्टको खल्तिमा लुकाई राखेको अवस्थामा उनीहरुको साथबाट सो सङ्ख्याको लागूऔषध बरामद गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका दुव माथि थप अनुसन्धान भईरहेको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: