काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ ।
अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ ।
नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।
कमेन्ट गर्नुहोस्

