
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार पुनः सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको बताइएको छ। प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ।
यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए। फर्किएको दुई दिनपछि ज्वरो आएपछि उनले दिनभर आराम गरेका थिए। त्यस बेलानै ओली पुनः सिंगापुर जाने हल्ला चलेको थियो।
कमेन्ट गर्नुहोस्
