
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश-२ अध्यक्ष प्रभु शाहले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर शाहले राजीनामा दिएका हुन् ।
स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । साथै उनले पार्टीले एकीकरणको काम गर्दा प्रदेश कमिटीलाई काम गर्ने वातावरण नदिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए ।
प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
