प्रधानमन्त्री ओली आज सिंगापुर जाने

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने भएका छन् । सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन् ।

आज दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए। त्यहाँको सरकारी अस्पतालमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका थिए । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: