पर्वतमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

Share:

पर्वत ।  पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता भएका हुन् ।

श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर गएकी थिइन् । उनी सम्पर्कमा आइसकेको जनाइएको छ ।

पहिरोले घरको केही भाग बगाएका र अन्य सबै भाग पुरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयबासीन्दाले बेपत्ता चालिसेको खोजी कार्य गरिरहेका छन् । चालिसेको खोजीका लागि शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाइएका छ ।

कमेन्ट गर्नुहोस्
Share: