विप्लवका जनसरकार प्रमुख भनिएको ढकाल पक्राउ

Share:

नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । ढकाललाई सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति पक्राउ गरिएको हो ।

पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: