प्रजिअ धम्क्याएर बम पड्काउँदै हिड्ने पक्राउ

Share:

पर्सा : पर्साका प्रमुख जिल्ला अधिकारीलाई समेत धम्क्याई समाजमा अशान्ति मच्चाउन सुतली बम पड्काउँदै हिड्ने तीन अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका –२४ का इनुस अंसारी, सद्दाम अंसारी र टाइगर भन्ने जौवाद अंसारी रहेका पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुलाई अशान्ति मच्चाउन लगाउने मुख्य नाइके फुलहसन अंसारी भने फरार रहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए।

कमेन्ट गर्नुहोस्
Share: