
काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेको छ ।
त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् ।
मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ ।
त्यसैको प्रभावका कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।
