
एजेन्सी । श्रीलंकाले पाकिस्तानमा सिरिज खेल्ने भएको छ । २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंका पाकिस्तान गएको थिएन । अन्य देशले पनि पाकिस्तान गएर खेल्न अस्वीकार गर्दै आएका छन् ।
सेप्टेरम्बरमा श्रीलंकाले पाकिस्तानमा एक दिवसीय र टी-२० खेल्ने तय भएको छ । जसमा तीन एक दिवसीय र तीन टी–२० समावेश गरिएको छ । सेप्टेम्बर–अक्टुबरमा खेलिने तीन टी–२० र तीन एक दिवसीय क्रिकेटमध्ये टी–२० लाहोर र एक दिवसीय कराँचीमा हुने छ ।
कमेन्ट गर्नुहोस्
