
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज (शनिबार) श्रीलंका प्रस्थान गर्दैछन् ।
श्रीलंकामा अर्को साताबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार त्यसतर्फ जान लागेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर रमण सिवाकोटीका अनुसार नेपाली टोली शनिबार अपरान्ह ३:४५ मा श्रीलंका प्रस्थान गर्ने छन् ।
नेपाली टोली एक साता श्रीलंकामा बिशेष तयारी गर्न चाडै त्यसतर्फ जान लागेका हुन् । प्रतियोगिता अघि नेपालले केहि अभ्यास खेल खेल्नेछन् ।
भदौ १९ देखि सुरु हुने प्रतियोगिताका लागि नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
