
हेमजा । कल्याणकारी बालमैत्री केन्द्र पोखरा-२५ हेमजाको आयोजनामा हेमजामा रहेको अम्बिका माध्यमिक विद्यालयमा विद्यार्थीलाई विद्यालय पोषाक, झोला र जुत्ता वितरण गरेको छ । संस्थाले एक कार्यक्रमकाबीच विद्यालयका २० जना गरिब विद्यार्थीलाई सो सामाग्री वितरण गरेको हो ।
विद्यालयका प्र.अ ओमप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैरसरकारी संस्था महासघं नेपाल (गैसस) कास्कीका अध्यक्ष पदमराज पहारीलेले सरकारले कोहि बालबालिका पढाइबाट बन्चित नहुन् भन्ने आह्वानलाई संस्थाले पूरा गर्न सहयोग गरेको बताए । उनले यो अभियान पूरा हुने आफूले विश्वास लिएको सुनाए।
पोखरा महानगरपालिका वडा न-२५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले संस्थालाई सफल्ताको शुभकामना दिँदै संस्था जन्माउनु भन्दा पछिसम्म बचाउनुपर्ने तर्फ सोच्नुपर्ने उल्लेख गरे । उनले भने, ‘समाजमा दुई वर्गका मानिस भएको र यसलाई नियन्त्रण गरेर समाज परिवर्तन गर्न आफूबाटै सुरु गर्नुपर्छ ।’
कार्यक्रममा शिक्षक नेत्रपाणी भण्डारी, सल्लाकार शोभाकर भण्डारी, विद्यायलयका सूचना अधिकारी मित्रलाल पौडेललगायतले बोलेका थिए । सोहि कार्यक्रममा संस्थाका आजीवन सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष टुकनाथ आचार्यले स्वागत मन्तब्य राखेका थिए भने सचिव राजेन्द्र पसाद अधिकारीले सञ्चालन गरेका थिए ।

