स्याङजामा धान गोडीरहेकी महिलाको रुखले च्यापिएर मृत्यु

Share:

स्याङजा – स्याङजामा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको चापाकोट नगरपालिका-१० बस्ने ५८ वर्षीय निनी कुमारी गाहाको शनिबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाकाअनुसार आफ्नो धान खेतमा धान गोडीरहेको अवस्थामा नजिकै रहेको बरको रुख एक्कासी ढलेपछि च्यापिएर गाहाको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: