
पोखरा । गीतकार तथा संगीतकार स्वरूप क्षेत्रीको ‘काश तिमी हुन्थ्यौ भने’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । क्षेत्रीको शब्द/संगीत रहेको गीतमा योजना खड्गीको आवाज रहेको छ ।
गीतको संगीत संयोजन दिपक लामाले गरेका छन् । गीतको सबै काम बनेपा स्थित फलटर स्टुडियोमा भएको हो। सो गीतको भिडियो सुटिङ पोखरामा नै गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको गीत अहिलेसम्म १५ हजार बढी दर्शकले हेरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
