
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने भएका छन्।
सोमबार बसेको नेकपा सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरेको हो।
बैठकपछिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यदि कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।
नेकपाको आजको सो बैठकपछि अब उनीहरुले सार्वजनिक ठाउँमा पार्टीभित्रका नेता र कार्यकर्तालाई आरोप प्रत्यारोप गर्न पाउनेछैनन।
कमेन्ट गर्नुहोस्
