नेपाल मलेसियन लिग च्याम्पियन जोहर दारुल विरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

Share:

एजेन्सी। नेपाली राष्ट्रिय फुटबल टिमले सोमबार मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ता’जिम एफसीविरुद्धको मैत्रीपूर्ण खेल खेल्दैछ। फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

खेल जोहार शहरको पसार गुन्डाङ रंगशालामा नेपाली समयअनुसार साँझ ६:३० मा हुनेछ। खेल हेर्न चाहनेहरुका लागि नि:शुल्क टिकट उपलब्ध गराइनेछ। त्यसका लागि तोकिएको स्थानमा टिकट लिनु पर्नेछ।

खेलमा सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टिमको पहिलो पटक कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन्। सुजलले सन् २०११ मा पोखरामा भएको भुटानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

File Photo

कमेन्ट गर्नुहोस्
Share: