काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

Share:

काठमाडौँ – असार २२ गतेदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनः बस्दै छ । साउन २९ मा स्थगित बैठककै निरन्तरताकै रूपमा पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन, विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुनेछ ।

भदौ २४ का लागि पूर्व निर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए ।

कमेन्ट गर्नुहोस्
Share: