पर्वतमा बस दुर्घटना, चालकसहित पाँच जना घाइते

Share:

पर्वत। पर्वतमा बस दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । कुस्मा नगरपालिका-१ पाङको नयाँ पुलमा ग १ ख ८२५२ नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो ।

कुस्माबाट बागलुङतर्फ जाँदै गरेको सो बस अनियन्त्रित भई सडक छेउमा रहेको सिमलको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा परी घाइते हुनेहरूमा पर्वत कुस्मा नगरपालिका २ खुर्कोटका २९ वर्षीय यम शर्मा, सबिता शर्मा र उनकी १८ महिनाकी छोरी सबिना शर्मा, पाङका २५ वर्षीय श्याम खड्का (चालक) र बागलुङ नगरपालिका ७ ढिकीचौरका प्रेम शर्मा रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका हरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: