
मकवानपुर । बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–२ मा एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर स्थानीय ३० वर्षीया सुन्तली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विक घरमै बसिरहेको बेलामा चटयाङ लागेको थियो । चट्याङ लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा विकको मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस्
