शुभकामना आमा समुहको अध्यक्षमा हिरा

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । दुई बर्षे कार्यकालका लागि समूहको उपाध्यक्षमा कोकिला श्रेष्ठ, सचिवमा रन्जिता सुवेदी, सह–सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा मिना द्धारे चयन भएका छन् ।

त्यस्तै समूहको सदस्यहरूमा सृजना खनाल, मिठु द्धारे, राधा कार्की, प्रमिला शर्मा, विमला भुजेल, ममता पौडेल, देवी न्यौपाने, जमुना सोराली रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै समुहका पूर्वअध्यक्ष सुकुना गुरुङले आमाहरूको एकताको बलमा सामाजिक उत्तर दायित्व एवम् जिम्मेवारी समेतलाई अघि बढाउँदै समूह सफल बन्दै गएको धारणा व्यक्त गरेकी छन् ।

नेपाल पर्यटन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरि बाँस्तोलाले सामूहिक एकतामा नै बल हुने बताउँदै सामाजिक क्षेत्रमा आमा समूहले सञ्चालन गरेका गतिविधि प्रशंसायोग्य भएको बताए । समाजसेवी नारायण श्रेष्ठले नजिकिदै गरेको हरितालिकाको शुभकामना व्यक्त गर्दै समाजका विकृति र विसंगतीको अन्त्यका लागि आमा समूह सकृयता आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा समाजका ७० बर्ष उमेर पुग्नु भएका एक दर्जन आमा बुवा र एसइई परीक्षामा उत्तिर्ण सात जना विद्यार्थी सहित समाजसेवी बैकुण्डलाल जि.सी र हिमालय बोर्डिङ स्कूलका पिन्सिपल डा. टेकनारायण पौडेललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।समूहका अध्यक्ष विचित्रा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, समूहका पूर्वअध्यक्ष पार्वती खड्का लगायतले आमाहरु नेतृत्व विकाससँगै उत्पादनसँग जोडिनु पर्ने आवश्यक रहेको बताएका थिए ।

समूहका सचिव मिना के.सी.ले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष मिना द्धारेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सामूहिक दरभोज सहित नाचगान गरेका थियो ।

कमेन्ट गर्नुहोस्
Share: